गल्याङको माझी बस्तीमा खानेपानीको अभाव

२०८० माघ ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुस्मा अर्याल
स्याङ्जा,९ माघ । गल्याङ नगरपालिका ९ बेल्चौर साखरमा अवस्थित माझी गाउँमा खानेपानीको अभाव रहेको छ । १७ घरपरिवार वस्दै आएको उक्त गाउँमा पानी लिनका लागी फोहोर कुवामा धाउन पर्ने वाध्यता कायमै छ ।

गण्डकी प्रदेश सरकारले एक घर एक धाराको नारा दिएपनी स्याङ्‌जाको गल्याङ नगरपालीका ९ को माझी वस्तीलाई भने उक्त नाराले कहिकतै छोएको पाइदैन । परम्परागत रुपमा गाउँ नाजीकै रहेको सानो कुवाबाट पानी बोक्न वाध्य माझी समुदायलाई प्रदेशको नाराले कहि कतै छोएको देखीदै‌न।

पानी लिनका लागी गाउँ नजीकै रहेको फोहोर कुवामा धाउनुको विकल्प नभएको स्थानीय श्याम बाहादुर माझीले हेर्ने कुरा डटकमलाई बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँ नजीकै रहेको उक्त कुवाँ समेत संरक्षणको अभावमा घण्टौ समय लागएर पानी ल्याउनुपर्ने बाध्यता छ त्यहीँ पनि संरक्षणको अभावमा पानी फोहोर छ ।’ त्यस्तै अर्को स्थानीय डिल कुमारी माझीले पनी खाने पानीको नीकै दुःख भएको हेर्ने कुरा डटकमलाई बताउनुभयो । उहाँले भन्नुभयो ‘परम्परागत रूपमा पानी पिउदै आएको एउटा कुवा छ त्यो पनी संरक्षणको अभावमा फोहोर बन्दै गएको छ । पानीकै अभावका कारण भएको अलिकति जग्गा पनि बाझै छ ।’

सोहि वडाका अध्यक्ष नामदेव खनालले भने सोही गाउँ लागि खानेपानीको मुल भेटिएको बताउनुभयो । उहाँले हेर्ने कुरा डटकमलाई भन्नुभयो ‘खानेपानीको मुल भेटिएको छ । मुलबाट पानी ल्याउन १७ सय मिटर पाइप लाग्छ पाइपको लाग्ने रहेछ त्यो पनि बन्दबस्त हुदैछ ।’ अध्यक्ष खनालले उक्त बस्तीमा अब छिट्टै खानेपानी पुग्ने समेत हेर्ने कुरा डटकम लाई बताउनुभयो ।

आगनैबाट कलकल गर्दै बग्ने कालीगण्डकी नदिको किनारमा बसेर पिउने पानीकै समस्या झेलीरहेका माझी वस्तीले परम्परागत कुवाँ संरक्षण गर्न समेत बजेट पाएको छैनन् । राज्यको ध्यान पुग्न नसक्दा परम्परागत रुपमा पिउदै आएको पानीको मूल समेत संरक्षण गर्न नपाएका माझी बस्तीको यो गाउँलाई गण्डकी प्रदेश सरकारको एक घर एक धारा को नाराले गिज्याइरहेको (जीस्काइरहेको) छ । यतातर्फ सम्बन्धीत निकायको बेलैमा ध्यान पुग्न जरुरी देखीन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार