करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु

२०८० माघ १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
स्याङ्जा,१४ माघ। स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ७ काहुले बस्ने ५० वर्षीय चन्द्र कुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

आइतबार दिउँसो घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुन गई करेन्ट लागेको उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनारको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय