पाल्पामा १८ वटा गोरु सहित तीन पक्राउ

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, ३ फागुन । पाल्पा तिनाउ गाउपालिका वडा न ३ को कच्ची सडकबाट ट्रकमा १८ वटा गोरु लिएर हिडेका ट्रक सहित तीन जना पक्राउ परेका छन ।

बुधबार अन्दाजि ४: ३० बजेको समयमा पाल्पा तिनाउ गाउपालिका वडा न ३ स्थित बेलबास दोभान कच्ची सडक हुदै सिद्धार्थ राजमार्ग तर्फ आउदै लु १ ख ८३४० ट्रकमा १८ वटा गोरु लिएर हिडेको फेला परेको पाल्पा जिल्ला प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ट्रक चालक बझाङका फलरा गाउपालिका ३ घर भइ हाल कैलाली बेबाणि गाउपालिका ७ बस्ने २७ बर्षका विशाल बहादुर धामि , कपिलवस्तु शिवराज नगरपालिका ७ बस्ने २४ बर्षका राधेश्याम रैदास र सोहि गाउँ बस्ने १९ बर्षका सद्दाम हुसेन रहेका छन ।

ट्रकमा १ मरेको गोरु र १७ सकुशल गोरु फेला पारि ट्रक चालक सहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्वाही का लागि भन्सार कार्यालय भैरहवा पठाइएको छ ।

उक्त घटना सम्बन्धि थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय