सिन्धुपाल्चोक ,९ फागुन । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।
मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ कोल्दोङका दिलकुमारी प्रधान र लालमाया प्रधान छन्। गाउँबाट बाह्रबिसे बजार आउँदै गरेको बा. १२ च ४९९१ नम्बरको बोलेरो सडकबाट खोलामा खसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दीनुभयो।
स्थानीय युवा विकेश लामाले घाइतेको उद्धार गरेर बाह्रबिसे अस्पताल पुर्याएका छन्। घटनास्थलमा प्रहरी र स्थानीय जम्मा भएर मृतकलाई खोलाबाट झिकेका छन्।