जनकपुरमा आरती साहकी सासु पक्राउ

२०८० चैत्र ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर, ४ चैत । आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिनुभयाे ।

आरती साहको हत्या मुद्दामा सासु रेणु फरार प्रतिवादी थिइन् । प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका श्रीमान मोतीबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय