राष्ट्रियसभामा प्रतिनिधिसभा सदस्य अन्सारीको निधनमा शोक प्रस्ताव पारित

२०८० चैत्र ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ५ चैत । राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गर्नुभयो । अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँको उपचारका क्रममा आइतबार निधन भएको थियो । राष्ट्रियसभाको अर्काे बैठक चैत ७ गते बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय