चापाकोटमा आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट

२०८० चैत्र ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ६ चैत । स्याङ्जाको चापाकोट नगरपालिकामा  हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट भएको छ । मंगलबार विहान अं. ०७:३० बजे आगोलागी भएकाे हाे ।

 चापाकोट न.पा. -५ सिम बस्ने बर्ष ५२ को होम ब. आलेको टिनले छाएको बाख्राको खोरमा बिद्युत सर्ट भई आगोलागी हुँदा खोरमा रहेको १६ वटा बाख्रा जली मरेको र सोही खोरको अर्को कोठामा रहेको  ५० कुखुरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे ।

अन्दाजी रु. २,५०,०००।–(दुई लाख पचास हजार ) बराबरको क्षति भएको, प्रहरी र स्थानियको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको  छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय