चापाकोटमा बेवारिसे नवजात शिशु फेला

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ७ चैत । स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

चापाकोट नगरपालिका ९ कर्लुङमा बेवारिसे अवस्थामा (सालनाल नछुटिएको अवस्थामा)नवजात शिशु ९छोरी० बुधबार दिउँसो फेला परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

शिशु जिवित रहेको र हाल चापाकोट अस्पतालमा प्राथमिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

अस्पतालले शिशुलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको छ ।

कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय