सहअस्तीत्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने छ : ओली

२०८० चैत्र १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तीत्व र सहकार्यको राजनीति गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तीत्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताउनुभयो । कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्ने गरेको उहाको भनाइ छ ।

ओलीले देशको बिकास, सुशासन लगाएत समृद्ध नेपाल सुखी नेपालीको मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राख्नुभयो । अध्यक्ष ओलीले मिसन चौरासीमा एमालेले एकल बहुमत बनाउने दाबी गर्नुभयो । उहाले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनितिक उचाई कायम राख्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय