डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने

२०८१ बैशाख ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले अन्दोलनको क्रममा मृतक ठाकूर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

रफत सञ्चार क्लबमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताउनुभयो । सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्ष्मय रहेको बताउँदै शाहले भने अन्दोलनमा गरिएको दमन निन्दनीय रहेको धारणा राख्नुभयो । उहाले राप्रपाको बैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने जानकारी दिनुभयो ।

गणतन्त्र असफल भईसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय