वर्तमान सरकार आफै ढल्छ : शेखर कोइराला

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफै ढल्ने दावी गर्नुभएको छ ।

शनिबार बिराटनगरमा नेपाल मुस्लिम संघको तेश्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने भन्दै उहाले वर्तमान सरकार आफै ढल्ने दावी गर्नुभएको हो । उहाले राजनैतिक अस्थिरता संघिय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताउनुभयो । राजनीतिलाई अपराधिकरण गर्ने कार्य भईरहेको प्रति सचेत हुन आग्रह गर्दै उहाले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरु मिलेर मुलुकको ऐन कानुन र नियमलाई खिल्ली उडाउने कार्य भईरहेको धारणा राख्नुभयो । राजनीतिमा अपराधिकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने उहाले बताउनुभयो ।

कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार लगायतका नेताहरुले पार्टी भित्र रहेको गुट उपगुटका कारण भातृ संस्थाहरुको निर्वाचन हुन नसकेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय