कास्की आदर्श समाज युएईको एक दशक पूरा

२०८१ असार १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युएई ,१० असार । कास्की आदर्श समाज युएईले आफ्नो एक दशक लामो सामाजिक,आर्थिक तथा विविध गतिविधिहरूको पहिलो संस्करण  “आदर्श स्मारिका” युनाइटेड अरब इमिरेट्स बरदुबई को पिङ्की रेस्टुरेन्ट को हलमा युएईका विभिन्न सामाजिक संस्था ,जातीय संस्था तथा राजनीतिक भातृ संगठनका सदस्यहरूको बाक्लो उपस्थितिका बिच  “आदर्श स्मारिका” विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

आचार्य ज्योतिष पण्डित सम्पथ कुमार न्यौपाने द्वारा स्वस्ति वाचन सहित शुभारम्भ गरिएको कार्यक्रममा भडकिलो औपचारीकतालाई तोडेर सामान्य रुपमा पिपलको पातको ब्याज बनाएर अतिथि स्वागत गरी कास्की आदर्श समाज युएईले नया अभ्यासको शुरुवात गरेको छ १ पछिल्लो समय सामान्य मजदुरहरु द्वारा संकलित संस्था हरुका आर्थिक कोष हरुको भद्दा रुपमा खादा र मालाहरुमा हुदै आइरहेको खर्चलाई बिभिन्न रुपमा टिकाटिप्पणी हुदै आईरहेको थियो ।

कास्की आदर्श समाज युएईका अध्यक्ष  शिवकुमार श्रेष्ठको सभापतित्वमा कास्की आदर्श समाज युएईका संस्थापक संरक्षक एबम् कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका संरक्षक  कृष्णबहादुर ढकाल ज्यु प्रमुख अतिथि रहेको उक्त कार्यक्रमलाई समाजका महासचीब  श्रीराम रानाभाट ले संचालित गर्नु भएको थियो।उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका उपसमिति सदस्य शिवराज बस्ताकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्मारिका उपसमिति संयोजक तथा कास्की आदर्श समाज युएईका संरक्षक संयोजक  केदार कुँवर ज्यूले संस्थाका १० वर्षका गतिविधि तथा स्मारिकाको बारेमा छोटकरीमा प्रष्ट पार्नुभएको थियो।

कास्की आदर्श समाज युएईका संस्थापक अग्रज ज्यूहरू क्रमश मनोज कुमार सैँजू, गुप्त शेखर पौडेल लगाएताका बक्ताहरुले स्थापनाकालदेखि गर्दै आएका सामाजिक कार्य र चुनौतीहरूको बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रममा पर्बत समाज युएईका अध्यक्ष  तिलक सापकोटा, तनहु समाजका अध्यक्ष  सुदिप कार्की, पाल्पाली समाज युएईकी अध्यक्ष ओम कुमारी खाँड, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवनी प्रसाद तिमिल्सिना,नेपाली समाज युएईका बरिस्ठ उपाध्यक्ष  कमल गिरी,अध्यक्ष  वेद प्रसाद अर्याल,कास्की आदर्श समाज युएईका निवर्तमान सल्लाहकार तथा बिजिनेस काउन्सील युएइका कोषाध्यक्ष  एकेन्द्रबहादुर थापा लगायतका व्यक्तित्वहरुले कास्की आदर्श समाज युएईले गर्दै आएका हरेक कार्यहरूको प्रशंसा गर्नुका साथै शुभकामना ब्यक्त गर्नु भएको थियो।

यस कार्यक्रमको लागि संस्थाका का कोषाध्यक्ष  बिनोद केसी तथा सल्लाहकार सदस्य  मनु गुरुङ श्रेष्ठले खाजा प्रायोजन गर्नुभएको थियो ।

अन्त्यमा कास्की आदर्श स्मारिकाको लागि शुभकामना दिनुहुने नेपाली राजदूतावास युएईका महामहिम तेज बहादुर क्षेत्री, तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी लगायत स्मारिकाको लागि विभिन्न लेख रचनाहरू प्रदान गर्नुहुने व्यक्तित्व तथा सामाजिक संघ(संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति शिवकुमार श्रेष्ठले कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार