वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने

२०८१ असार १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१९ असार। वैदेशिक रोजगारमा रहेकाहरुका लागि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा असार २७ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुन लागेको हो । साउन १० गतेसम्म उनीहरुले आवेदन दिन सक्नेछन् ।

न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले मूल्य तय भएको छ । न्यूनतम ५० कित्ता भर्नुपर्ने व्यवस्था रहेकाले आईपीओ भर्न न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिन्छ । बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएको हो ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । सो सर्वसाधारण समूहबाट ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्ताले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय