महिलालाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी प्रदान

२०८१ असार २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२० असार । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.५ का महिलाहरुलाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी वितरण गरिएको छ । स्थानीय बुढाबराजु स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ पाठा वितरण गरिएको हो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि तथा पशुपालनमा नगरलाई आत्मनिर्भर बनाउ विभिन्न कार्यक्रम गरिदै आएको बताउनु भयो । उहाँले भन्नुभयो,“विभिन्न संघसंस्थाको सहकार्यमा पालिकाले साना किसानलाई अगाडि बढाउन काम गरिरहेको छ ।”

महिलालाई आर्थिक रुपमा सवल बनाएमा मात्रै ग्रामीण क्षेत्रको विकास सम्भव भएको उहाँको भनाई छ । पालिकाले दीर्घकालिन योजना बनाएर साना किसानलाई अगाडि बढाउने काम गरिरहेको उपप्रमुख तिवारीले बताउनु भयो । कार्यक्रम हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्वयुले स्थानीय सरकारसँग मिलेर महिला तथा युवालाई उद्यमशीलतामा जोड्ने काम गरिरहेको बताउनु भयो । वालिङ नगरपालिकामा भर्खरै काम सुरु भएको प्रवन्धक साम्वयुको भनाईछ ।

कार्यक्रममा वालिङ नगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बङ्गुर पालन गर्ने तरिका र यसबाट फाईदा लिन सकिने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम अन्तरगत बुढाबराजु महिला स्वावलम्वी समूहका २५ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय