स्याङ्जाकाे आँधीखोला किनारमा शव फेला

२०८१ असार २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,२४ असार । स्याङ्जाकाे पुतलीबजार नगरपालिका-१३ बगालथोकस्थित आँधीखोलाकाे किनारमा शव फेला  परेकाे छ ।  सोमबाट दिउँसो पुतलीबजार नगरपालिका-१३ बगालथोकस्थित आँधीखोला किनार शव फेला  परेकाे हाे ।

भीरकोट नगरपालिका-४ छाङछाङदीका ४० वर्षीय सुरेश श्रेष्ठ आँधीखोला किनारमा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयाे।

आफन्त भेट्न भनी आइतवार साँझ उनी पुतलीबजार नगरपालिका-३ मा आएपछि सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीले खोजी सुरु गरेको जनाएको छ।

उनले चढेको प्रदेश ३-०२००९ प ०१९३ नम्बरको स्कुटर सोमबार बिहान पुतलीबजार नगरपालिका-१ स्थित आँधीखोला किनार मालेबगरमा भेटिएको थियो।

त्यसपछि प्रहरी र सेनाको टोलीले स्कुटर भेटिएको स्थानभन्दा करिब ४ किलोमिटर तल श्रेष्ठको शव फेला परेको र स्कुटर पूर्ण क्षति भएको छ ।  घटनाबारे अनुसन्धान जारी रहेको  छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय