न्यूरोडमा फुटपाथ विस्तारको विराेध गर्दै स्थानीय र व्यापारीले गरे अवराेध

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ४ साउन । न्यूरोडमा फुटपाथ विस्तारको काम पुनः सुरुभएसंगै स्थानीयहरुले विरोध गरेका छन् ।

काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न नहुने भन्दै स्थानीयहरुले शुक्रबार विरोध गरेका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । तर स्थानीयहरुले नयाँ सडक बचार्औ, न्युरो साघुरो गर्न पाइदैन भन्दै विरोध जनाएका हुन् । स्थानीयहरुको विरोधपछि ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो । काठमाडौं महानगर वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले स्थानीयको साथ लिएर मात्रै विकास निर्माण काम गर्नुपर्ने भन्दै दमन स्वीकार्य नहुने बताउनुभयो । उहाले वडा नंवर २४ मा गरिएको फुटपाथ विस्तारको कामलाई दशैसम्म परिक्षणको रुपमा हेर्नुपर्ने र त्यसपछि सकारात्मक देखिमात्रै २२ वडामा विस्तार गर्न सुझाव दिनुभयो । उहाले जनतालाई दमन गरेर घेरावन्दीमा विकासको काम गर्न नहुने जिकिर गर्नुभयो ।

यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । त्यसपछि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएसंगै महानगरले काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय