सिमलताल दुर्घटना : अध्ययन कार्यदलको समय थप्न प्रस्ताव

२०८१ श्रावण १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१० साउन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव गरिएको छ ।

सह–सचिव छवि रिजाल नेतृत्वको कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ । समितिलाई यसअघि १० दिनको समय दिइएको थियो । कार्यदलको प्रस्ताव अनुसार बिहीबार त्यसबारे निर्णय गरिने गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए ।

उप–सचिव अधिकारीले भने–‘कार्यदलको समय थप्नेबारे आज निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय