काठमाडौं ,२१ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारमा देखिएको उतारचढाव अस्वाभाविक भएको टिप्पणी गर्नुभएकाे छ ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको शेयर भाउ अस्वाभाविक रूपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताउनुभएकाे हाे । उहाँले पछिल्लो समयमा शेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्नसमेत माग गर्नुभयाे ।
महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस-एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास जनाउनुभयाे ।