धुलिखेलमा ढलमा बेपत्ता भएकी महिलाको शव फेला

२०८१ श्रावण २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २२ साउन । काभ्रेको धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलभित्र छिरेर बेपत्ता भएकी महिला मृत भेटिएकी छन् ।

मृत हुनेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास छिन् ।

मंगलबार उनी ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन् । बाटो हिंड्दा वर्षाका कारण उनी ढलभित्र छिर्न पुगेकी थिइन् ।

खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको ठाउँबाट अन्दाजी ३ सय मिटरजति तल खेतमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी राजकुमार श्रेष्ठले महिलाको शव भेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय