एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

२०८१ श्रावण २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् ।

उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् ।

आरोपीको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय