काठमाडौं, २५ साउन। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिनुभएकाे हाे ।
दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड नाफा कमाएको बताउनुभएकाे छ ।