स्याङजाको कालीगण्डकी १ हटियाको लाखेनाच

२०८१ श्रावण २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रभा पाण्डे
स्याङजा ,२६ साउन । स्याङजाको कालीगण्डकी गाउँपालिका वडा न १ हटियामा नेवारी समुदाय भित्र मनाइने लाखेनाच सुरु भएको छ । धेरैजसो नेवारी समुदायका मानिहरूको पहिचान झल्किने यो नाच साउन १८ गते बाट कालीगण्डकी गाउँपालिका वडा नं १ हटियामा सुरु गरिएको हो । स्थानिय हटिया, चण्डी निवासी नेवार समुदायको रीतिरिवाज झल्किने लाखे नाच , नेवार सामुदायिक गुठी मार्फत हाल सञ्चालन भएको छ। यो साल नाग पञ्चमीको अवसर पारेर संचालन गरिएको लाखे नाचमा तीन वटा, लाखे नाच देखाएको लाखे नाचका संचालन समिति अध्यक्ष किस्मत क्षेष्ठले जानकारी दिनुभयो ।

उक्त लाखे नाच करिकोट हटिया चण्डीका प्रत्येक चोकमा नाच देखाउँदै सगुन वितरण गरेको दृष्य त झन मनमोहक देखिएको छ। लाखे नाच हेर्न स्थानिय मगर समुदायका मानिसहरू लगायत किपट, धरादी, देउराली, लसर्घा, कोटाकोट , प्युँघा र खोर्दीका मानिसहरुको भीड देखिन्छ । उक्त नाच हेर्न कालीगण्डकी गाउँपालिकाका अध्क्षय खिम बहादुर थापा, उपाध्यक्ष्य साबित्रा कोइरालाले पनी नाचको रमाइलो दृष्य हेर्न उपस्थित हुनुभएका माणिकलाल क्षेष्ठले जानकारी दिनु भएको छ।

नेवारी समुदायकाे विभिन्न चाडहरू मध्येको एक रमाइलो चाड लाखे नाच नाग पञ्चमीदेखि निकालिएको लाखे नाच, एकादशी, कृष्णास्टमी हुँदै गाईजात्राको दिन सम्म निरन्तर दैनिक दिउँसो ३ बजे देखि राती १० बजे सम्म लाखे नाच देखाइने लाखे नाचमा सहभागी कुमार क्षेष्ठले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय