लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्न सफल भएका छौँ : कुलमान घिसिङ

२०८१ भाद्र १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १ भदौ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् ।  नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले  भने, ‘विभिन्न  आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार  गरेको छ  । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र  सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय