स्थिर ढंगले शेयर बजारअघि बढेको देख्न चाहन्छौँ : अर्थमन्त्री

२०८१ भाद्र ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ भदौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताउनु भयो । आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले पछिल्ला दिनहरूमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताउनु भयो ।

उँहाले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्ने जिकिर गर्नुभयो । उँहाले सरकारले लिएका नीतिहरूका कारण शेयर बजार उत्साहित रहेको बताए । उनले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले नेपालको अर्थतन्त्र चुनौतीको बिचबाट गुज्रिएको बताउनु भयो । उँहाले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताउनु भयो ।

वर्तमान सरकार बने यता अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा बढी ध्यान दिएको उनको भनाई थियो । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा अर्थतन्त्रका समस्या समाधान गर्न आवश्यक कदम चालिरहेको बताउनु भयो । वर्तमान सरकार बनेपछि आम नागरिकको निराशा चिर्न सफल भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय