बैधानिक च्यानलबाट पैसा पठाउदा १० लाख सहित केही थान टिकट उपहार

२०८१ भाद्र २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यूएई, २७ भदाै । यूएई स्थित सबै भन्दा अग्र स्थानमा रहेको एक्स्चेन्ज मध्य एक इन्डेक्स एक्स्चेन्जले नेपालीहरुको लागि छुट्टै योजना लिएर आएको छ। हरेक बर्षहरुमा झैँ यस बर्ष पनि “Win A Million ” को तेस्रो संस्करण लिएर आएको छ। जस अन्तर्गत यूएई बासि नेपालीहरुले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउदा नगद १० लाख सम्म साथै धेरै नेपाल जाने हवाई टिकट उपहार जित्न सक्ने छन् ।

पछिल्ला बर्षहरुमा नेपाली समुदायलाइ लक्षित गरि ल्याइएका योजनाहरुमा धेरै भन्दा धेरै लाभान्वित भएका थिए। एक योजना अन्तर्गत रुपन्देहीका नुरुद्दीन चुरिहारले नेपालमा घर समेत जितेका थिए जसले उनको जिबन परिबर्तन गरेको थियो। यसरी नै कैयौ नेपालीहरु ले लाखौ रुपैया नगद, सुनका सिक्का लगायत अन्य धेरै मुल्यवान पुरस्कार राशी जितेर आफ्नो आर्थिक स्थिती सुधार गरिसकेका छन् ।

नेपाल अनि नेपाली समुदायको हितको निमित्त नेपालको बैधानिक विप्रेषण बढाउन अनि यूएईबासि नेपालीहरु माझ बिबिध सचेतना कार्यक्रम अनि सबै लाइ बैधानिक विप्रेषण तर्फ आकर्षित गर्न श्रमिक लागि “Win A Million ” को तेस्रो संस्करण जस्ता योजनाहरु हरेक बर्ष लिएर आउने गरेको कुरा इन्डेक्स एक्स्चेन्जका कार्यकारी प्रमुख सैयेद अब्दुस सलामले जानकारी दिनु भयो। इन्डेक्स एक्स्चेन्जले नेपाल अनि यूएईबासि नेपालीहरुलाइ सधै प्राथमिकतामा राखेर हरेक बर्ष नेपाली समुदायहरुलाइ लक्षित गरि कार्यक्रम अनि योजना ल्याएर समुदाय संग जोडिएको  कुरा इन्डेक्स एक्स्चेन्जका प्रमुख ब्यबसाय प्रबन्धक मिर के रसूल ले जानकारी दिनुभयो ।

यो योजना “Win A Million ” को तेस्रो संस्करण, सेप्टेम्बर ११, २०२४ बाट सुरु भइ अक्टोबर ३१, २०२४ सम्म रहने भएको हुदा सम्पूर्ण यूएईबासि नेपालीहरुलाइ यस योजनामा भाग लिन अनि बैधानिक माध्यमबाट नेपाल विप्रेषण गर्न अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय