दक्षिण कोरिया क्षेत्रीय संस्थाको अध्यक्षमा गुरुङ

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान्त सुवेदी

दक्षिण कोरिया,४ असोज । क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको तेह्रौं केन्द्रीय अधिवेशनबाट अध्यक्ष सुशील गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार सउलको नमस्ते रेष्टुरेन्टकाे हलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष गुरुङको नयाँ कार्यसमिति गठन भएको हो ।

कुमार थापाको संयोजकत्वमा युवराज गुरुङ, विजय थापा, पूर्ण गुरुङ, मित्रबन्धु काफ्ले, नर कुमार गुरुङ र अमित राना लगायतको निर्वाचन मण्डलले १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा सुशिल गुरुङ, वरिष्ठ उपाध्यक्ष माधव अर्याल, उपाध्यक्ष अर्जुन अर्याल, टोप थापा मगर, कृष्ण प्रसाद न्यौपाने, सचिव टोजिन्द्र गुरुङ, सहसचिव हिमाल खनाल, सहसचिव गुरुदत्त डुम्रे, कोषाध्यक्ष खिम सिंजाली, सह कोषाध्यक्ष झरन राना, सदस्यहरुमा निशान्त सुवेदी, अमृता केसी, विशाल ढकाल, सन्तोष महत, नुतन गुरुङ, टौमाया गुरुङ, रोशन गोतामे, युवराज राना र अनिता विश्वकर्मा  रहनुभएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाको सभापतित्व र नेपाली राजदुतावास सउल दक्षिण कोरियाका द्वित्तीय सचिव सूर्य बहादुर थापाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे थियाे । कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष बुद्धि गुरुङ, नेपाली सम्पर्क समितिका अध्यक्ष हरी खनाल, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव राजेश पाण्डेय,स्याङ्जा परिवार दक्षिण कोरिया बुसान किम्हे शाखाका अध्यक्ष आशिष रानाभाट,स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष मिलन राना मगर,कोरिया स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भजिन्द्र क्षेत्री, कास्की परिवारका केन्द्रीय अध्यक्ष सन्तोष पौडेल, बागलुङ समाजका अध्यक्ष भूमिराज भुषाल, लमजुङ परिवारका कार्यवाहक अध्यक्ष सन्तोष धिङ्गेल, तनहुँ समाजका अध्यक्ष सुनिल मल्ल, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रोफेसर सृजना नेपली, अनेसास कोरियाका अध्यक्ष ह्यारी बोन्ड, लुम्बिनी प्रदेश समाजका उपाध्यक्ष नारायण न्यौपाने, गोरखा परिवारका सचिव सुवास बगाले, स्याङ्जा भीरकोट आर्थर तमू समाजका अध्यक्ष मनोज गुरुङ, कालीगण्डकी समाजका अध्यक्ष कमल न्यौपाने, नेपाली सम्पर्क समितिका उपाध्यक्षर सांस्कृतिक विभाग प्रमुख हर्क विष्ट लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय