घनले टाउकोमा प्रहार गर्दा स्याङ्जामा एकको मृत्यु

२०८१ आश्विन १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ असोज । स्याङ्जाको हरिनास गाउँपालिकामा घनले टाउकोमा प्रहार गर्दा एकको मृत्यु भएको छ । मङ्गलबार बिहान घर आरनमा फलामको काम गरिरहेको अवस्थामा घनले टाउकोमा प्रहार भएको हो ।

मृत्यु हुनेमा हरिनास गाउँपालिका ४ बाङ्गेश्वरा बस्ने ५८ वर्षीय प्रेम बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घन प्रहार गरेको आरोपमा साही ठाउँ बस्ने ३२ वर्षीय सुरेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय