स्याङ्जामा जीप दुर्घटना हुँदा आठ घाइते

२०८१ आश्विन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १८ असोज । आधिँखोला गाउँपालिका २ बेझाङ भालेखर्कस्थित भित्री सडकमा आज बिहान बलेरो जीप (डबल क्याप) दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बेझाङ भालेखर्कस्थित भित्री सडकमा सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ५७५६ नम्बरको बलेरो जिप ब्रेक फेल भई टुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जिप सडकको कुना साईडको नालीमा पल्टिन जाँदा जिपमा संवार चालकसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

घाइते हुनेमा स्याङ्जा आँधिखोला गाउँपालिका ५ बस्ने ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाई, अर्जुन चौपारी गाउँपािलका ५ आरुचौर बस्ने ५८ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल, कास्कीको पोखरा महानगरपलिका ११ बस्ने मनिषा नेपाली र निजको छोरी ३ वर्षीय सोफीया नेपाली, छोरेपाटन पोखरा बस्ने १६ वर्षीय अमना नेपाली रहेका छन् ।

घाइते सबैलाई सामान्य चोट लागेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय