नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्‌मा छन् : स्वर्णिम

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाउनुभएकाे छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उहाँले बदलाको भावनाले सरकार अघि बढेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन् । उहाँहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’

बेचन झा पक्राउ गरेको २४ घण्टाभित्र सरकार ढाल्नुको कारण जनताले बुझेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार