झापामा बसले मोटरसाईकललाई ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा ,३ कार्तिक।  झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झापा ३ कार्तिक। झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र– १–०१–००१ ख ३४३५ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशीत स्थानियले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानियले बिरोध जनाएका थिए जसका कारण पूर्ब पश्चिम राजमार्ग केहिबेर अबरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार