भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,६ कात्तिक। भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।

दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले जानकारी दिनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘बम रहेको सूचना सुनेपछि म त्यसतर्फ जाँदैछु । सुरक्षा निकाय परिचालन भएका छन् ।’ विमानमा रहेका सबै यात्रु ओरालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय