स्याङ्जामा दुई मोटरसाइकल ठोक्किदा एक घाइते

२०८१ कार्तिक ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,८ कार्तिक। स्याङ्जामा दुइ मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन ।

आधिखोला गाउपालिका वडा न ४ सेपत स्थित कार्किनेटा नागडाडा भित्री सडक आज अन्दाजी ११:३० मा दुई मोटरसाइकल एक आपसमा ठाेकिएको हो ।

आधिखोला गाउपलिका वडान ४ सेपन स्थित कार्किनेटा नागडाडा भित्री सडक खण्डमा चिलाउनेवास देखि नागडाडा तर्फ आउदै गरेको ग १२ प २२३२ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट जादै गरेको ग १४ प ९५६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा ग १२ प२२३२नम्वरका मोटरसाइकल चालक घाइते भएका छन ।

घाइते हुनेमा आधिखोला गाउपालिका वडा न २ चिलाउनेवास बस्ने ४५ बर्षका युवराज पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ । पौडेलको दायाँ हात र दायाँ खुटमा चोट लागेको छ भने घटनामो थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय