दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

२०८१ कार्तिक १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङ , १० कात्तिक । दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका-४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा रा१ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय