काठमाडौँ, १० कात्तिक। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिनुभयाे ।
यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ ।