काठमाडौँ , १० कात्तिक । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको बताउनुभएकाे छ। शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सापकोटाले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको बताउनुभयाे । जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको पनि उहाँले बताउनुभयाे ।
उहाँले सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको बताउनुभयाे । माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयाे ।