दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

२०८१ मंसिर ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ मंसिर ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार दिउँसो सर्वोच्च अदालतमा उपस्थित गराइएको हो।

उहाँलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको हो।

सर्वोच्चमा उहाँका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएकाे थियाे।

रिटमा सुनुवाई गर्दै विपक्षीलाई बन्दीसहित उपस्थित हुन भन्दै आइतबार (म‌ंसिर ९ गते) न्यायाधीश मनोजकुमार शर्माको इजलासले आदेश दिएको थियो।

उक्त आदेशपछि साइबर ब्युरोले प्रसाईंलाई अदालतमा उपस्थित गराएको हो।

आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।

सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय