क्यान स्याङ्जाको अध्यक्षमा ऋषिराम रेग्मी

२०८१ मंसिर १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल
स्याङ्जा , १५ मंसिर । कम्प्युटर संघ अफ नेपाल (क्यान) स्याङ्जाको अध्यक्षमा ऋषिराम रेग्मी चयन हुनुभएको छ ।

शुक्रबार वालिङमा भएको क्यानको १४औ बार्षिक साधारण सभा एवम ७ औ अधिबेशन बाट अध्यक्ष रेग्मीको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

त्यस्तै उपाध्यक्षमा गोविन्द गैरे, सचिवमा दिपक प्रसाद पौडेल र कोषाध्यक्षमा श्याम थापा , चयन हुनुभएको छ । भने सदस्यहरुमा राज कुमार परिहार , बलराम चौधरी , रञ्जित पौडेल , सन्तोष भट्टराई र इन्द्र पोख्रेल रहनु भएको छ ।

त्यस्तैगरि महाधिवेशन प्रतिनिधिको रुपमा कृष्ण बस्याल चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार