रोल्पा ,१६ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ५७ वर्षीय भुपमणी पुनमगर विजयी हुनुभएकाे छ। ६ सय ४३ मत लिएर पुनमगर विजयी हुनुभएकाे हाे।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बेगम पुनले ५३५ मत लिए। १ सय ८ मतान्तर सहित कांग्रेसबाट उमेदवार बनेका भुपमणी विजयी भएको नेपाली कांग्रेसका जिल्ला सचिव शेरबहादुर थापाले जानकारी दिनुभयाे। माओवादी केन्द्रका उमेदवारले ७०, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले १०, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले ७ र राप्रपाले ७ मत पाएका छन्।
१ हजार ९ सय मतदाता रहेको ४ नम्बर वडामा १ हजार २ सय ९७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खसेको मत मध्ये २१ मत बदर भयो।