वाणिज्य बैंकका मर्चेन्टहरुले नेपाल पे क्युआर मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

२०८१ मंसिर २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २४ मंसिर ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र  नेपाल पे बीच भएको सम्झौता भएकाे छ ।

विश्वका करिब ४८ देशहरुँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको हाे । सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् ।

नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन । खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन । यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।

 देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय