सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढ्छ : गृहमन्त्री लेखक

२०८१ पुष ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ पुस । गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने स्पष्ट पार्नुभएको छ ।

बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा लेखकले वर्तमान सरकार संविधान संसोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताउनुभयो । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको धारणा राख्नुभयो । फरक प्रसंगमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । उहाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको जिकिर गर्नुभयो ।

मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार