संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्छः महामन्त्री थापा

२०८१ पुष २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा , २० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार ठूलो भएको बताउनुभएकाे छ । शनिबार पोखरामा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका सभापतिहरुको प्रशिक्षण कार्यक्रममा उहाँले संविधान संशोधन गरेर संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने  बताउनुभएकाे हाे ।

‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै चाहिँदैन । प्रदेशमा ४–५ कतिजना मन्त्री बनाउने हो संविधानमा बाँध्नुपर्छ । संविधानमा २५ जना मन्त्री नलेखेको भए केन्द्रमा ५० जना मन्त्री बनाउनुपथ्र्यो,’ उहाँले भन्नुभयाे, ‘पार्टी र गुट मिलाउँदा मिलाउँदा समस्या हुन्छ । गुट मिलेन भने मन्त्रालय तोड्दे भन्छ । त्यसैले संविधानबाटै मन्त्रालयको संख्या व्यवस्थित गर्नुपर्छ ।’

उहाँले भन्नुभयाे, ‘सानो तर प्रभावकारी मन्त्रालय बनाउन संविधानमा काम गर्छौं । अहिले काँग्रेसमा छलफल गरेका छौं । एमालेसँग मिलेर सानो संयन्त्र बनाएका छौं । त्यहाँ छलफल गर्छौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार