महोत्तरीमा विवाहको रथ अचानक गुडेर बालिकालाई किच्यो, घटनास्थलमै मृत्यु

२०७७ फाल्गुन २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महोत्तरी ।
विवाहको रथले किचेर महोत्तरीमा १८ महिने बालिकाको मृत्यु भएको छ।

आमासँग औहरी नगरपालिका-५ श्रीपुरमा मावली पुगेकी गौशाला नगरपालिका फुल्काहा निवासी कमलेश यादवकी दुधे छोरी प्रियंका कुमारीलाई रथले किचेको हो।

सोमबार साँझ सवा ७ बजे रोकिराखेको बीआर १ एपी ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकालाई किच्दा घटनास्थलमै मृत्यर भएको इलाका प्रहरी कार्यालय (गौशाला) ले जनाएको छ।

पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल (जलेश्वर) लगिएको र रथ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार