बटुवा दुग्ध उत्पादक सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२०८१ पुष २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा ,२७ पुष । बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम गल्याङ २ बटुवा स्थित जगत्रदेवी पुस्तकालय तथा शैक्षिक केन्द्रमा सम्पन्न भएको थियो । बटुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद भण्डारीले दुग्ध उत्पादक सेयर सदस्यहरुलाई आगामी दिनहरुमा विभिन्न किसिमका सेवा सुविधाहरु उपलब्ध गराउने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गल्याङ वडा नं २ का वडाध्यक्ष खर्ग बहादुर थापाले संस्था सेवामैत्री र उपभोक्तामैत्री भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले कृषकका लागि उपलब्ध गराएका सुबिधाहरुलाई अझै बढाउदै अगाडी बढ्न समेत आग्रह गर्नुभएको छ । उहाँले वडाबाट गर्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रममा प्रस्तावित वार्षिक प्रतिवेदन र कोषध्यक्षको प्रगति प्रतिवेदन पेश गर्दै बटुवा दुग्ध उत्पादक सहकारी संस्थाका सचिव केशव भण्डारीले प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाको सेयर पूंजी रु.३,११,००० आर्थिक वर्ष २०८०/०८१ र संस्थाको खुद नाफा रु.७९,३६३.८९ रहेको बताउनुभयो ।

कार्यक्रममा बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सहसचिव छविलाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख तथा त्यस संस्थाका लेखा संयोजक हिमलाल भण्डारीले प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका दिल्लीराम भण्डारीले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि, बटुवा टोल विकासका संयोजक मित्रलाल न्यौपाने, जगत्रदेवी पुस्तकालय तथा शैक्षिक केन्द्रका अध्यक्ष लेखनाथ भण्डारी ,दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य, लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय