ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा देवघाट महोत्सवमा

२०८१ माघ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १ माघ ।  चितवनको देवघाटमा शुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुग्नुभएकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाइ चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गर्नुभएको हो। सो अवसरमा महनगर प्रमुख दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गर्नुभयो । भरतपुर महनगरले जनचाहना अनुरुपको बिकासका कामलाइ प्राथमिकता दिएको उल्लेख गर्दै उहाले भरतपुर क्षेत्रको प्रचार र प्रवर्दनमा भुमिका खेल्न आग्रह पनि गर्नुभयो । सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै बिकासको गति देखेर आफू खुशी भएको प्रतिक्रिया दिनुभयो । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलसे जानकारी दिनुभयो । देवघाटधाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार