श्रमजीवीमाथि अन्याय–अत्याचारबिरुद्ध काठमाडौंमा र्याली

२०८१ माघ ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,५ माघ ।  श्रमजीवीमाथि हुने गरेको अन्याय–अत्याचारबिरुद्ध काठमाडौंमा रातो घेरा कोरौं भन्ने नारासहित र्यालीको आयोजना गरिएको छ ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को आयोजनामा शनिबार काठमाडौंको भृकुटिमण्डपबाट र्यालीको आयोजना गरिएको हो ।

असमानताको विरुद्ध रातो घेरा कोरौं भन्ने नारा सहित विश्वव्यापी कार्यक्रम अन्तर्गत नेपालमा पनि र्यालीको आयोजना गरिएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

विश्वमा १ प्रतिशत धनाढ्यहरु श्रमिकहरुप्रति असमान व्यवहार गर्ने गरेको भन्दै उहाले त्यसलाई अन्त्य गर्नका लागि रातो घेरा अभियान चलाइएकोे बताउनुभयो ।

र्यालीमा सहभागी भएकाहरुले जिउन पुग्ने ज्याला व्यवस्था गर, गरिव श्रमिकलाई हैन धनाढ्यलाई कर लगाऊ, हामी ९९ प्रतिशत हौ, हाम्रो कुरा सुन लगाएतकाले प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार