कारिकोट स्पोर्ट्स क्लबद्वारा पालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

२०८१ माघ ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यम सोमै
स्याङ्जा,५ माघ । माघे संक्रान्ती पर्वको अवसरमा कारिकोट स्पोर्ट्स क्लब कालीगण्डकी गाउँपालिका १ स्याङ्जाले अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेको छ। माघ १ गते बाट सुरु भएको भलिबल प्रतियोगिता माघ ५ गते सम्पन्न गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर (१ का वडा सदस्य एवम् कार्यक्रम म्यानेजर मणिकलाल श्रेष्ठले जानकारी दिनु भयो।

प्रतियोगितामा आयोजक जम्मा ६ वटा पालिकाहरुले सहभागिता जनाएको समेत वडा सदस्य श्रेष्ठले जानकारी दिनु भयो। श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागीहरु मध्ये बौद्धिकाली गाउँपालिका प्रथम , द्वितीय निशी खोला गाउँपालिका , तृतीय कालीगण्डकी गाउँ पालिका स्याङ्जा र भिरकोट नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको समेत जानकारी दिनु भयो।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्र लाल बस्याल रहनु भएको थियो भने बिशिस्ट अतिथिम गण्डकी प्रदेश लेखा संयोजक सुधीर पौडेलको सहभागिता रहेको थियो। यस्तै गरि कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सवित्रा कोइराला लगायत अन्य राजनीतिकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बौद्धिकाली गाउँपालिकाले पुरस्कार स्वरुप नगद रु १,५०,००० र शिल्ड , मेडल र प्रमाणपत्र , द्वितीय स्थान हासिल गर्न सफल निसि खोला गाउँ पालिका बाग्लुङले नगद रु १,००,००० र शिल्ड मेडल र प्रमाणपत्र , तृतीय स्थान हासिल गर्न सफल कालीगण्डकी गाउँपालिका स्याङ्जाले रु ५०,००० र शिल्ड, मेडल प्रमाणपत्र र सान्त्वना स्थान हासिल सफल भिरकोट नगरपालिकालाई नगद रु २५,००० र शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे ।

कारिकोट स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको तेस्रो संस्करण रहेको क्लबका सक्रिय सदस्य एवम् कार्यक्रम संचालक बिकास चौतारेले जानकारी दिनु भयो। रुरुक्षेत्र धाम दर्शन गर्न मेला अवलोकन गर्ने आउनेहरुको मुख्य केन्द्रविन्दु भलिबल खेल बन्न पुगेको समेत सदस्य चौतारे बताउनु भयो। चौतारेका अनुसार कालीगण्डकी गाउँपालिकालाई चिनाउनका लागि कार्यक्रम दौरानमा परम्परागत लाखे नाच , कारिकोटे पन्चेबाजा ,झाम्रे नाच तथा क्लबको तर्फबाट आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएको थिए ।

कालीगण्डकी गाउँपालिका धगौती तीनमुखे पुलमा आयोजना गरिएको यो कार्यक्रममा उल्लेख दशर्कहरुको साथ रहेको र यस्ले कालीगण्डकी गाउँपलिका स्याङ्जाको पर्यटन प्रबर्द्धनमा टेवा दिने समेत अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार