गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड बाट सिधै भुक्तानी हुने

२०८१ माघ १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १० माघ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड मार्फत सिधै भुक्तानी हुने भएकाे छ ।

नविनतम डिजिटल बैकिङ मार्फत लामो समयदेखी आफ्ना ग्राहकवर्गहरुलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैकले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गर्ने ब्यबस्था मिलाएकाे बैकले जनाएकाे छ ।

बैकले विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने 3D Secure ई–कमर्श सेवाको सुरुवात गरेको छ । उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्ने बैकले जनाएकाे छ । सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिनेछ बैककाे दाबि छ । अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा OTP जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास बैकले लिएकाे छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार