एच पि भी खोप आज बाट अधिराज्य भर सुरु

२०८१ माघ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२२ माघ । विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर बिरुद्ध तथा रोकथामको लगाई निःशुल्क एचपिभी खोप अभियान शुरु गर्दैछ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले स्वस्थ रहन को लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउनु भयो । मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ले हाम्रा आमा दिदी बहिनी लाई स्वास्थ्य मा समस्या भएको बताउँदै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री पौडेलले हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी रहेको बताउँदै यसमा उपचारात्मक क्षेत्र मा सचेतना र सावधानी को पनि त्यत्तिकै आवश्यक रहेको बताउनुभयो।

विद्यालय लाई लक्षित गरेर सुरुवात गरिएको क्यान्सर विरुद्धको एच पि भी खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर मा रहेका कक्षा छ देखि कक्षा दश सम्म अध्यनरत किशोरी हरुलाई खोप अभियान सञ्चालन गर्न लागिएको हो । विद्यालय नजानेको हक मा दश वर्ष देखि चौध वर्षको उमेर समुहलाई नजिक को स्वास्थ्य संस्था तथा विद्यालय मा गरे खोप लगाउन पनि अनुरोध गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिव १६ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय