विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन हिँडेका खेलाडीहरूलाई बिदाई

२०८१ माघ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,  २२ माघ । दुबइ २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विदाई गरेको छ ।

मंगलबार राखेप परिसरमा आयोजित एक कार्यक्रमकाबीच राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले खेलाडीहरुलाई विदाई गरेका हुन् ।

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समामा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबइ प्रस्थान गर्नेछन् । खेलाडीलाई विदाई गर्दै राखेप सदस्य सचिव घिसिङले अन्तराष्ट्रिय खेलमा पदक ल्याउदा सरकारले नै पुरस्कार सहित प्रोत्साहन गर्ने बताउनुभयो । खेलाडीले आफ्नो भविष्य सुनिश्चित हुने गरि खेल्ने आधार तयार भएको उहाले बताउनुभयो ।

फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन् । यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय