राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशन

२०८१ फाल्गुन ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ११ फागुन । राष्ट्रियता लोकतन्त्र समाजवाद र अपाङ्ग एकता भन्ने अभिप्रायका साथ सुरुवात गरिएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति केदार काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै उहाले प्रजातान्त्रीक आन्दोलनमा अपाङ्गको ठूलो भुमिका रहेको व्यक्त गर्नुभयो। उहाले अपाङ्ग मैत्री बनाउनको लागि सरकारले व्यवस्था मिलाउनुपर्ने र यस विषयमा नेपाली कांग्रेसले आवाज बुलन्द गरिरहने बताउनुभयो। त्यसै गरी उहाले समानुपातिक र समावेशी प्रकृया अन्तर्गत अपाङ्गहरुलाई प्रतिनिधित्व हुने गरी अघि बढ्नुपर्ने विषयमा जोड दिनुभयो। सरकारका तीन निकायले अपाङ्ग मैत्री बनाउन सहजता ल्याउन सबै मिलेर अघि बढ्न आवश्यक रहेको बताउँदै नया बनेको कार्य समितिलाई शुभकामना व्यक्त गर्नुभयो।

त्यसै गरी नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले संघ संस्था अपाङ्ग मैत्री बन्नुपर्ने र उहाँहरूको सहजता अनुसार सहजीकरणको व्यवस्था गरिनुपर्ने बताउनुभयो।
स्याङ्जा जिल्ला अपाङ्ग संघका संस्थापक अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस का नेता राम शर्मा पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरुले अपाङ्ग मैत्री बन्नुपर्ने , पार्टीले पार्टी कार्यालय पनि अपाङ्ग मैत्री बनाउनुपर्ने संघ संस्थाहरू अपाङ्गहरुको सहजताको लागि अपाङ्ग मैत्री तवरमा निर्माण गरिनुपर्ने अपाङ्गहरुको वृद्धि विकासको लागि सहजता हुने किसिमको नीति र व्यवहारको पहल पार्टी ले गर्नुपर्ने त्यसका लागि आफूहरुले आवाज बुलन्द गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा लोकतान्त्रिक अपाङ्गका केन्द्रीय प्रतिनिधि मोहन प्रधान, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका तदर्थ समिति सदस्य श्याम अर्याल लगायत अपाङ्ग संघका सदस्यहरू अपाङ्ग प्रेमी व्यक्तित्वहरू लगायतको सहभागिता रहेको थियो।

राष्ट्रियता लोकतांत्रिक अपाङ्ग संघको अधिवेशनले नारायण भण्डारीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। जस् अन्तर्गत उपाध्यक्षमा नारायण भण्डारी, सचिवमा उपेन्द्र काफ्ले, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन हुनु भएको छ। सदस्यहरुमा विनोद अर्याल, कल्पना बराल, लोकनाथ पौडेल लगायतको समिति चयन भएको छ।

त्यसै गरी प्रदेश सभा क्षेत्र नम्बर १ मा अध्यक्ष ऋषि कुमार रेग्मी, महिला तर्फ नविना गोदार र पुरुष तर्फ दुभ प्रसाद गुरुङ्ग चयन हुनुभएको छ । त्यसै गरी प्रदेश अधिवेशन प्रतिनिधि अन्तर्गत अध्यक्षमा ओम प्रकाश पौडेल चयन हुनुभएको छ भने महिला तर्फ हरिमाया जि टी पुरुष तर्फ इन्द्र प्रसाद शर्मा चयन हुनु भएको छ।

प्रदेश सभा क्षेत्र न २ मा क्षेत्रीय अध्यक्ष गोविन्द तिवारी चयन हुनुभएको छ भने महिलामा रुला पराजुली र पुरुष तर्फ नारायण भण्डारी, कुल प्रसाद भट्टराई, बैनु पाठक चयन हुनुभएको छ । त्यसै गरी प्रदेश अधिवेशन प्रतिनिधि अन्तर्गत क्षेत्रिय अध्यक्ष हिरा बहादुर गुरुङ्ग र भवि लाल विक चयन हुनुभएको छ। त्यसै गरी नारायण प्रसिद्ध ढकाल र जीवन भट्टराई चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय